गृहपृष्ठ » मुख्य समाचार, राजनीति, स्वास्थ्यगोकर्ण-सुन्दरीजल सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

गोकर्ण-सुन्दरीजल सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

August 9, 2015५१६ पटक

Sadak1-e1439107025648काठमाण्डु, २४ साउन-गोकर्णेश्वर नगरपालिकाको भगवतीस्थानदेखि सुन्दरीजलसम्मको सडक मेलम्ची खानेपानी आयोजनाका ठूला मालवाहक ट्रकले बिगारेको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरिदिएका छन् ।

सडक अवरुद्ध हुँदा कार्यालय हिँडेका कर्मचारी पैदल हिँड्न बाध्य भएका छन् भने विद्यालय र क्याम्पस हिँडेका विद्यार्थी घर फर्केका छन् । गोकर्णस्थित फाइभ स्टार क्लबले गरेको सवारीसाधन अवरोधमा स्थानीयवासीले पनि सडक सुधार गरिनुपर्ने माग गर्दै साथ दिएपछि सडक अवरुद्ध भएको हो ।

आयोजनाले पटकपटक सडक बनाउने भने पनि नबनाउँदा यो सडक पानी परेका बेला हिलाम्मे र घाम लागेका बेला धुलाम्मे हुने गरेको स्थानीयवासी एवम् नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योतिले बताए ।

जोरपाटीमाथिको सडक नै क्षतिग्रस्त भए पनि गोकर्णको भगवतीस्थानदेखिको सडक बढी जोखिमयुक्त भएकाले आइतबार बिहान ८ देखि ११ बजेसम्म तीन घन्टा सवारीसाधन अवरुद्ध गरिएको क्लबका अध्यक्ष किरण केसीले बताए ।

‘सडकको अवस्थाका कारण एम्बुलेन्समा अस्पताल हिँडेका बिरामीको अवस्थासमेत गम्भीर भएकाले सवारीसाधन रोक्नुपर्ने अप्रिय निर्णय गर्न बाध्य भएका हौँ, भोलि बिहान ८ देखि १२ बजेसम्म फेरि सडक अवरुद्ध गर्छौ, मागको सुनुवाइ नभएमा मङ्गलबारदेखि अनिश्चितकालीन सडक अवरुद्ध गर्नेछौ, अध्भ्यक्ष केसीले आक्रोश पोखे ।

सडकको दुरावस्थाका विषयमा सडक विभागमा जानकारी गराए त्यो सडक मेलम्ची खानेपानी विकास समितिलाई जिम्मा लगाएको छ भन्ने र समितिको कार्यालयमा पुनः निर्माणको माग गर्दा वास्ता नगरेको स्थानीयवासीको गुनासो छ । सडक अवरुद्ध हुँदा राष्ट्रिय गौरवको मेलम्ची आयोजनाका काममा समेत असर पर्नेछ ।

समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई बिग्रिएको सडक बनाउन लाग्दा आठ मिटरको सडकलाई विभागले २२ मिटरको बनाउन वार्षिक कार्यक्रममा परिसकेको पत्र प्राप्त भएकाले दोहोरो काम र खर्चबाट बचाउन अहिले खाल्डाखुल्डी पुर्ने काम गरिएको बताउछन् ।

‘सडक सुधार गर्न टेन्डर गरी ठेकेदार छनोट गरेर काम अगाडि बढाउन लाग्दा विभागले सडकको चौडाइ बढाई स्तरोन्नति गर्ने कार्यक्रम ल्याएकाले अहिलेलाई रोकेका हौँ, विभागले चौडाको काम सकाउने बित्तिकै गोकर्ण उकालोमा ढलानसहित सडक पक्की गर्नेछौँ, कार्यकारी निर्देशक भट्टराईले भने ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण