गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, विशेषमलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित

मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित

February 19, 2016२२९ पटक

क्वालालम्पुर फागुन ७  । मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री हमिदीले सवै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय गरिएको बताएको मलेसियाली सरकारी समाचार समिति बर्नामाले जनाएको छ ।

‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ हमिदीले भने ।

Malesiyan-home-minister

उनका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए ।

उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।

पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र उनीहरुलाई आफ्नै मुलुकमा फिर्ता गरिने उनले बताए ।

यो निर्णयसँगै मलेसिया सरकारले अब बिदेशी कामदारका ल्याउन स्वीकृति दिन बन्द गर्ने छ । नेपाली कामदारको बैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य मानिएको मलेसियाको यो निर्णयले नेपाली कामदारलाई समेत प्रभाव पार्ने छ ।

कति नेपाली जाँदै थिए मलेसिया ?

अघिल्लाो वर्षसम्म मलेसिया नेपाली कामदारको प्रमुख श्रम गन्तब्य थियो । तर, त्यहाँको अार्थिक मन्दी, असुरक्षा, फ्री टिकट र भिसा दिन अानाकानी लगायतका कारण  याे वर्ष मलेसिया जाने ३ गुणा घटेका छन् ।

मलेसियाको आर्थिक मन्दी खस्किएका मुद्राको भाऊका कारण मलेसियामा नेपाली कामदार जान खासै इच्छा देखाइरहेका छैनन् । यसैकारण म्यानपावरहरुमा झण्डै १५ हजारको माग अलपत्र बनेको छ ।

पुस महिनामा मलेसियामा ४ हजार ५ सय ६ जना युवा गएका छन् । गत महिना यो संख्या ५ हजार ५ सय ५५ थियो भने अघिल्लो वर्षको पुसमा १७ हजार ६० थियो ।

बितेको वर्षको पहिलो ६ महिनामा मलेसियामा १ लाख १७ हजार ६ सय युवा गएका थिए भने यो वर्ष समीक्षा अवधिमा ३५ हजार ३ सय ३५ युवा मात्रै गएका छन् । साउदी अरेबिया जाने नेपालीको संख्या गत वर्षको तुलनामा बढेको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण