गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारचालू आवमा चार सय किमि कालोपत्रे गरिने

चालू आवमा चार सय किमि कालोपत्रे गरिने

February 27, 2016२१५ पटक

काठमाडौँ, फागुनImage result for कालोपत्रे १५ गते = चालू आर्थिक वर्षभित्रै मध्यपहाडी (पुष्पलाल) लोकमार्गको करिब चार सय किलोमिटर सडक कालोपत्रे गरी पहाड र हिमाली भेगका बासिन्दालाई सडक सुविधा पु¥याउने महŒवाकाङ्क्षी योजना सरकारले अगाडि सारेको छ ।
सडक यातायातको विकास नभएकै कारण प्रशस्त सम्भावना बोकेको पहाड र हिमाली क्षेत्रबाट बसाइँसराइ हुँदा बस्ती नै खाली हुने गरेपछि पहाड र हिमालको चौतर्फी विकासका लागि यो लोकमार्गको परिकल्पना गरिएको हो ।
सडक विभागले यो लोकमार्गको पाँचवर्षे गुरुयोजना निर्माण गरी पश्चिमको बैतडीको महाकाली किनारदेखि पूर्वको ताप्लेजुङको सीमा नाकासम्म जोड्ने पक्की सडक निर्माणको काम अगाडि सारेको छ ।
निर्धारित समयमा सडक निर्माण गर्ने उद्देश्यले लोकमार्गलाई पश्चिमी र पूर्वी खण्डमा विभाजन गरी यस वर्ष पश्चिमी खण्डमा १५० किलोमिटर कालोपत्रे गरिने भएको छ भने पूर्वी खण्डमा २५० किलोमिटर सडक कालोपत्रे गरिने सडक विभागले जनाएको छ ।
यद्यपि चालू आर्थिक वर्षको आधा समय नाकाबन्दीले गर्दा काम गर्न नसकिएको परिस्थितिमा विभागले बनाएको कार्ययोजनाअनुसार काम गर्न बाँकी समयमा रातदिन काम गर्नुपर्ने विभागका कर्मचारी बताउँछन् । लोकमार्ग आयोजना पश्चिमी खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार पश्चिमको बैतडी जिल्लाको महाकाली नदी किनार झुलाघाटसम्मको १५ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ ।
अछाम, गोरखा, लमजुङ, बागलुङ जिल्लाका केही सडकखण्डको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी १७५ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न ठेक्का आह्वान हुने प्रक्रियामा छ । नुवाकोटदेखि पश्चिम बैतडीको झुलाघाटसम्मको कुल लम्बाइ एक हजार ११२ किलोमिटर हो । त्यसमध्ये ३४० किलोमिटर सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको प्रमुख भाटले बताउनुभयो ।
नुवाकोटदेखि पूर्वको ताप्लेजुङ शिव भञ्ज्याङसम्मको कुल लम्बाइ ७७६ किलोमिटर छ । यस क्षेत्रको निर्माण कार्यका लागि लोकमार्गको पूर्वी खण्ड आयोजना निर्माण गरिएको छ । आयोजनाको पूर्वी खण्डका सिनियर डिभिजन इन्जिनियर श्याम खरेलका अनुसार चालू आर्थिक वर्षभित्र २५० किलोमिटर सडकखण्ड कालोपत्रे गर्न ठेक्का लगाई निर्माणकार्य भइरहेको छ ।
उहाँका अनुसार पूर्वी खण्डमा पर्ने कुल ४० वटा पुलमध्ये १७ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ भने १३ वटा पुल निर्माणका क्रममा छन् । बाँकी पुल निर्माणका लागि आयोजनाले अध्ययन गर्ने कार्य गरिरहेको छ । ताप्लेजुङको शिव भञ्ज्याङ खण्डको ५० किलोमिटर क्षेत्र भने ग्राभेलमात्र गरिने भएको छ । पूर्वी खण्डको सिन्धुलीको खुर्काेटदेखि नुवाकोटको पाथी भञ्ज्याङसम्मको कार्य पूरा हुन सके पूर्वी खण्डको अधिकांश काम सकिने सडक विभागले जनाएको छ ।
माघ मसान्तसम्ममा पश्चिम खण्डलाई विनियोजन गरेको बजेटको ३४ प्रतिशत रकम खर्च भइसकेको आयोजना प्रमुख भाटले बताउनुभयो । नाकाबन्दीको बेलासमेत राकम कर्णालीको पुल निर्माण चालू गर्दै आगामी चैत मसान्तसम्ममा यातायातका साधन गुड्नसक्ने बनाउने लक्ष्य राखिएको छ । राकम कर्णालीको पुल निर्माणपश्चात् मध्यपश्चिमसँग सुदूरपश्चिमको पहाडी खण्ड जोडिनेछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार राष्ट्रिय महŒव बोकेको राष्ट्रिय गौरवका आयोजनामा कामका लागि बजेटको अभाव हुन नदिने र चाहिएको जति बजेटको व्यवस्था गरिने भएको छ । उहाँले भन्नुभयो, “पहाड र हिमाली क्षेत्रको विकासका लागि यो लोकमार्गले अत्यन्तै महŒवपूर्ण भूमिका खेल्ने भएकाले सरकारले यो लोकमार्गको निर्माणमा बजेट र अन्य कुराको अभाव हुन दिँदैन । काम प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायलाई आवश्यक निर्देशनसमेत दिइसकिएको छ । ” नाकाबन्दीका बेलासमेत यो आयोजनामा इन्धन अभाव हुन नदिई काम सुचारु राखिएको सडक विभागका महानिर्देशक माधव कार्कीले बताउनुभयो ।
यसअघि विभिन्न राजमार्ग र भित्री सडकको रूपमा विकसित भएको कतिपय स्थानमा साँधुरो सडक भएकाले त्यसलाई समेत डबल लेनको बनाउने काम पनि थालनी हुने भएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण