गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारप्रधानमन्त्री ओली चैत ७ मा चीन जाने

प्रधानमन्त्री ओली चैत ७ मा चीन जाने

February 27, 2016१६७ पटक

१५ फागुन, काठमाKP-oli-650डौं = प्रधानमन्त्री केपी ओली चैत ७ गते देखि चीनको औपचारिक भ्रमणमा जाने लगभग निश्चित भएको छ ।

दक्षिणी छिमेकी भारतको ६ दिने राजकीय भ्रमण गरेर बुधबार मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कन लागेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमणको मितिबारे मोखिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमण बढीमा पाँच दिनको हुनेछ ।

प्रधानमन्त्री काठमाडौंबाट ७ गते बेइजिङ जाने, त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी थालिएको छ ।

चीनले चैत ९ देखि १२ गतेसम्म हाइननन प्रातनमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भागलिन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रण समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण