गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचाररेसुङ्गामा भुत ? बेकारको हल्ला

रेसुङ्गामा भुत ? बेकारको हल्ला

February 27, 2016२१७ पटक

प्रेम सुनार गुल्मी, फागुन१५ ।
गत केहि दिन यता केहि सामाजिक संञ्जालहरुले गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा भुत देखा प¥यो भन्ने कुरा लेखेकोले मानिसहरुमा त्रास फैलिएको छ । तर रेसुङ्गामा भुत भेटियो भन्ने कुरा बेकारको हल्ला भएको रेसुङ्गा संरक्षण समितिले बताएको छ ।<a “=””>resunga

समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल संग सम्पर्क राख्दा उनले भने – खै मलाई केहि पनि थाह छैन, बेकारमा कसले हल्ला फैलायो ।’ उनले रेसुङ्गामा बन फडानी बढ्दै गए पछि त्यो रोक्नका लागि कसैले भुतको त्रास दिएको हुन सक्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले पनि यस्तो बेकारको हल्लाका पछाडी नलाग्न सर्वसाधरण संग आग्राह गरे । अन्य सरोकारवाला संग बुझ्दा पनि रेसुङ्गामा भुत देखियो भन्ने हल्ला बन फाँडनी रोक्न कै लागि कसैले फैलाएको पाईएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण