गृहपृष्ठ » मुख्य समाचार, समचारवैशाखमा स्थानीय चुनाव उपयुक्त : नेता नेपाल

वैशाखमा स्थानीय चुनाव उपयुक्त : नेता नेपाल

February 29, 2016९७ पटक

भीमदत्तनगर, फागुन १७ गते =Madhav_Kumar Nepal पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताउनुभएको छ । आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुग्नुभएका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राख्नु भयो ।

“मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुन्छ ।” उहाँले भन्नुभयो – “जनप्रतिनिधिविहीन हुँदा समस्या भएको छ ।” स्थानीय निकायको निर्वाचन गरी ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेपालको जोड थियो ।

कार्यक्रममा दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामी आव ०७३÷७४ का लागि रु एक अर्ब, ८६ करोड ५५ लाखको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । आगामी योजनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास बजेटमा प्राथमिकतामा दिइएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण