गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यमगर संघ बागलुङ जिल्लाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

मगर संघ बागलुङ जिल्लाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

February 29, 2016१३१ पटक

दिल शिरीष १७ फागुन, बागलुङ =Image result for मगरनेपाल मगर संघ बागलुङको आठौ जिल्ला अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । फागुन १५ अर्थात मगर दिवसको अवसर पारेर गत शनिवारदेखी शुरु भएको अधिवेशनले पुनः गणेश थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा बुर्तिबाङका शेरमान घर्ती, सचिवमा तमानका जोकलाल बुढा, सह–सचिवमा निसीका हेमवहादुर बुढा र कोषाध्यक्षमा अर्जेवाका तुलवहादुर थापा मगर रहनुभएको निर्वाचन समितिले जनाएको छ ।
आगामी नेतृत्व सहित सदस्यका लागि थुप्रै आंकाक्षी भए पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर मगरहरु एकताबद्ध रहेको सन्देश प्रवाह गरिएको निर्वाचन मण्डलका अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो ।

समितिको सदस्यमा भिमवहादुर घर्ती बोहोरागाउ, शंकरप्रसाद पुन (रिघा) भुमिकर्ण घर्ती (बोबाङ), तेजबहादुर थापा (मल्म), बिरबहादुर घर्ती (बुर्तिबाङ), प्रकाश थापा (बानपा), गिता श्रीस (रणसिहंकिटेनी), ठगवहादुर थापा (जैदी) कौशिला थापा (बानपा), मनोज थापा (बानपा), भिमला घर्ती (रिघा), गगन पुन (बानपा), श्यामवहादुर पुन (तंग्राम), जमुना श्रीस (तित्याङ), बिष्णुकुमारी राना (हटिया) मुना थापा मगर (भकुण्डे), प्रेमवहादर पुन (बिहु), पूर्णबहादुर घर्ती (निसी), कुसुम बुढा मगर (बानपा), निरज वाग्ले मगर (हिल) रहनुभएको उहाँले बताउनुभयो । ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर सघंका केन्द्रिय उपाध्यक्ष बालकृष्ण काउछा मगरले सपथ खुवाउनुभएको थियो ।
बागलुङ बजारमा बृहत ¥याली र झाँकी सहित शनिवारदेखी सुरु भएको अधिवेशनको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष बालसिंह काउछाले उद्घाटन गर्नुभएको थियो । नेपाल मगर सघंको राष्ट्रिय सम्मेलन भने आगामी बैशाख १८ देखी २२ सम्म चितवनमा हुँदैछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण