गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारउत्कृष्ट बिकास पत्रकारिता पुरस्कार खत्रीलाई

उत्कृष्ट बिकास पत्रकारिता पुरस्कार खत्रीलाई

February 29, 2016१४३ पटक


 तिलाचन पाण्डे  गुल्मी फागुन १७ =बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउनु भएका पत्रकार अनिल खत्री सम्मनित हुनु भएको छ । जिल्ला बिकास समिती गुल्मीको आयोजनामा नबौ गणतान्त्रिक जिल्ला परिषदको अबसरमा पत्रकार खत्रीलाई जिल्ला बिकास समिती गुल्मीले उत्कृष्ट बिकास पत्रकारिता पुरस्कारले सम्मान गरेको हो । सम्मानित पत्रकार खत्रीलाई कार्यक्रमका बिशेष अतिथी एबं ब्यवस्थापिकाका सांसद सृजना तरामु र कार्यक्रमका सभाध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीले नगद रु ८ हजार र कदर पत्रले सम्मान गर्नु भएको थियो ।
गुल्मी जिल्लाको बिकास पत्रकारिता तथा संचारको क्षेत्रमा योगदान गरेको भन्दै पत्रकार खत्री सम्मानित हुनु भएको थियो । गुल्मी जिल्लाको हस्तिचौर गाविस वडा नं. ६ छल्दी घर भएका पत्रकार खत्री बिगत ९ वर्ष यता निरन्तर बिभिन्न सञ्चार माध्यमहरुमा काम गर्दैै आउनु भएको छ । पुरस्कार ग्रहण गर्दै खत्रीले पत्रकारिता क्षेत्रमा आफुलाई थप प्रेरणा मिलेको बताउनु भयो । जिल्लाको समग्र बिकास तथा अन्य क्षेत्रमा उल्लेखनिय रुपमा कलम चलाएकोले पत्रकार खत्रीलाई उत्कृष्ट बिकास पत्रकारिता पुरस्कार प्रदान गरिएको स्थानिय बिकास अधिकारी डिलाराम पन्थीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण