गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारसुआहारा परियोजनाव्दारा सन्चारकर्मी माझ गतिबिधि सार्वजनिक

सुआहारा परियोजनाव्दारा सन्चारकर्मी माझ गतिबिधि सार्वजनिक

February 29, 2016१३७ पटक

सन्तोष गौतम, म्याग्दी २९७२ फागुन १७ = महिला तथा दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउनका लागि म्याग्दी जिल्लामा सञ्चालन हुदै आएको सुआहारा परियोजनाले आफ््नो गतिबिधि सार्वजनिक गरेको छ ।

सन २०१२ देखि स्थानीय गैरसरकारी संस्था मिलन म्याग्दी र विषयगत सरकारी कार्यालयहरुसंगको सहकार्यमा परियोजनाले सोमबार बेनीमा पत्रकार तथा सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा गतिबिधि सार्वजनिक गरेको हो ।

कार्यक्रममा परियोजनाका जिल्ला संयोजक पासाङदेवी तामाङले स्वास्थ्य सेवामा पहुँच वृद्धी, पोषण, सरसफाई, ब्यवहार परिवर्तनमा सुधार ल्याउनका लागि भएका गतिबिधिहरुको बारेमा जानकारी गराएकी थिईन् ।
उक्त कार्यक्रममा मन्तब्य व्यक्त गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएको लगानीको प्रतिफल कागजमा मात्र नभएर ब्यवहारमा देखिनुपर्ने बताएका थिए ।

मिलन म्याग्दीका फिल्ड सुपरभाईजर चुमाया थजालीले परियोजनाले बालबालीकाको सरसफाई र स्याहारसुसारप्रती समुदायमा जागरण सिर्जना गरेको बताए । अर्का फिल्ड सुपरभाईजर गीता मिजारले परियोजना लागू भएपछि बालबालीका र महिलालाई पौष्टिक आहरा खुवाउने विषयमा सचेतना बढेको अनुभव सुनाएकी थिईन् ।

पत्रकार घनश्याम खड्काले भौतिक पुर्वाधारको जस्तो सामाजिक परिवर्तनको असर तत्कालै नदेखिने उल्लेख गर्दै परियोजनाको प्रभावलाई दिगो बनाउनुपर्ने आवश्यकता औल्याएका थिए ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, परियोजनाका जेवी घर्तीको सञ्चालन र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण