म्याग्दीको बेनीमा कम खर्चीलो भु–संरक्षण प्रबिधि तालिम सुरु
सन्तोष गौतम म्याग्दी २०७२ फागुन १७ = म्याग्दीको बेनीमा सोमबारदेखि कम खर्चीलो भु–संरक्षण प्रबिधि तालीम सुरु भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गरि पहिरो तथा भुक्षय रोकथामका लागि समुदायलाई सक्षम गराउने उद्देश्यले जिल्ला भु संरक्षण कार्यालयको आयोजनामा तालीम सुरु भएको हो । तिन दिनसम्म सञ्चालन हुने तालीममा गुर्जा, शिख, मुना, ओखरबोट, बरंजा, पाखापानी, बेनी नगरपालीका १३ ठुलोखोला र दाना गाविसका ३५ जनाको सहभागिता रहेको छ ।
तालीममा अम्ब्रिसो, बाँस, वृक्षारोपण, जैविक तटबन्धको माध्यमबाट भुसंरक्षण र पहिरो रोकथाम गर्न प्रबिधिका बारेमा ब्यवहारीक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिने जनाइएको छ । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल र सहायक भुसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले सहजिकरण गर्ने जनाइएको छ ।