गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारपार्टी कामलाई अझै प्रभावकारी बनाउने एमाओबादी केन्द्रिय सदस्य पन्थीको भनाई

पार्टी कामलाई अझै प्रभावकारी बनाउने एमाओबादी केन्द्रिय सदस्य पन्थीको भनाई

March 3, 2016१२९ पटक

फाल्गुण २० गते ।

एकीकृत नेकपा माओेवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले गुल्मी क्षेत्र नं ३ लाइ पहिलो सविधान सभाचुनावको हैसियत मै पु¥याउने गरी अभियान संचालन गर्ने बताउनु भएको छ । गुल्मी क्ष्त्र नं ३ पूर्व सभासदचन्द्र बहादुर थापा सागर सँगको क्षेत्र नं.३ को छापहिलेमा कार्यकर्ता स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनु भएका पन्थीले यस क्षेत्रमा पार्टी कामलाई अझ प्रभावकारी तरिकाले सञ्चालन गरेर अगाडी बढने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि रहनु भएका सो पार्टीका केन्द्रिय समिति सदस्य तथा गुल्मी क्षेत्र नं ३ पूर्व सभासद टंक पोखरेलले दोस्रो सविधान सभा चुनावमामा ओवादीले हारे पनि संविधान निमार्ण पछि पार्टीको सिद्धान्त विचार र जनताका एजेण्डाहरु स्थापित गरेर जितेको बताउनु भयो । कार्यक्रमका मुख्य आर्कषणका केन्द्र बिन्दु रहेका गुल्मी क्षेत्र नं ३ पूर्व सभासदचन्द्र बहादुर थापा सागरले क्षेत्र नं ३ लाई पहिलो सविधान सभा चुनावकै स्थितिमा एक वर्ष भित्रमा पु¥याएरै छोडने गरी कार्यकर्ता जुट्नका लागी आग्रह गर्नु भयो । उहाँले दोस्रो सविधान सभा चुनावमा माओवादीको प्रतिद्धन्दी एमाले, कांग्रेस नभई माओवादीकै एक पंक्ति भएकोले हार्नु परेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण