पर्यटन बिकासका लागि सबै एक हुनुपर्छ : स्वामी कमलनयनाचार्य
फाल्गुण २० गते । अनन्त श्री बिभुषित मुक्तिनाथ पिठाधिस्वर स्वामी कमलनयनाचार्यले धार्मिक एबं पर्यटन बिकासका लागि सबै एक हुनुपर्ने बताउनु भएको छ ।
बानपा ८ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित महायज्ञको समापन पश्चात बुधबार बागलुङ्ग बजारमा आयोजित भेटघाट कार्यक्रममा स्वामी कमलनयनाचार्यले सर्वशिद्धीधाममा आयोजित पुर्वाधार निर्माणका लागि सबै मिलेर श्रोत खोज्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा दिगो शान्ति बिकास प्रबद्र्धन जलसम्पदाको संरक्षणका लागि बिभिन्न कठिनाईका बाबजुत पनि विश्वकै अग्लो क्लस निर्माण लगायतका योजना अघि सारेको चर्चा गर्दै कमलनयनाचार्यले आफ्नो मात्र एकल प्रयासले सम्भव नहुने भन्दै सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।