गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यसिरहामा बलात्कृत बालिकाको मृत्यु, प्रहरीले जाहेरीसम्म नलिएको आरोप

सिरहामा बलात्कृत बालिकाको मृत्यु, प्रहरीले जाहेरीसम्म नलिएको आरोप

August 5, 2015६९६ पटक

11830727_1478284369149288_1072311456_n२० साउन, काठमाडौं । दुई महिनाअघि सिरहामा बलात्कृत बालिकाको उपचारका क्रममा आइतबार काठमाडौंमा मृत्यु भएको छ । बलात्कारपछि खुवाइएको हर्पिकले उनको कलेजो र फोक्सो ‘ड्यामेज’ भएको थियो । सिरहाको मौवाली–२ रबौरकियाही घर भएकी १४ वर्षीया बालिका अन्जना (नाम परिवर्तन)लाई गत १२ वैशाखमा उनी काम गर्ने लहानस्थित राकेश होटेल एन्ड लजका कुक विनोद बस्नेतले बलात्कार गरेका थिए । बलात्कारपछि उनलाई ट्वाइलेट सफा गर्ने हर्पिक खुवाएर ३७ दिनसम्म होटेलमै बन्धक बनाइएको थियो । वीर अस्पतालमा उपचारका क्रममा आइतबार उनको मृत्यु भएको नयाँ पत्रिकामा खबर छ । सिरहास्थित सामाजिक संस्था मुक्ति नेपालकी उपाध्यक्ष रेणु कर्णका अनुसार बलात्कार भएको ३७ दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । परिवारलाई त्रास देखाएर पीडित बालिकालाई होटेलमै बन्धक बनाइएको उनले बताइन् । होटेल मालिक नथुनी साह पनि त्यसमा संलग्न थिए । ‘बालिकामाथि बलात्कार गरियो । मार्नका लागि हर्पिक खुवाइयो, तर बाँचिन् । प्रहरीमा उजुरी पर्ने डरले ३७ दिनसम्म बन्धक बनाएर राखियो, ता कि हद म्याद नाघोस् र बालिकाले उजुरी गर्न नपाओस्,’ कर्णले भनिन् । हद म्याद नाघेपछि मात्रै उनलाई परिवारको जिम्मा लगाइएको थियो । हर्पिकले थला परेपछि परिवारले बालिकालाई उपचारका लागि लहानस्थित सरकारी अस्पताल लगेको थियो । त्यसपछि मात्रै बलात्कार गरिएको रहस्य खुलेको थियो । ‘हद म्याद नाघेपछि बालिकालाई अभिभावकको जिम्मा लगाइयो । हर्पिकले शरीर गलेपछि आमाले बालिकालाई सरकारी अस्पताल लगिन् । डाक्टरले हेल्थ हिस्ट्री लिएछन् । त्यही क्रममा बालिका बलात्कृत भएको रहस्य खुल्यो । घटना बाहिर आउन अझै केही दिन लाग्यो,’ कर्णले भनिन् । स्वास्थ्य अवस्था नाजुक भइसकेकी बालिकालाई थप उपचारका लागि १४ असारमा काठमाडाैं ल्याइएको थियो । वीर अस्पतालमा उनको छातीको अप्रेसन पनि गरियो । तर, ढिलो भइसकेकाले बचाउन नसकिएको चिकित्सकले जनाएका छन् । प्रहरीले जाहेरी लिएन सिरहास्थित मुक्ति नेपालकी उपाध्यक्ष रेणु कर्णका अनुसार बलात्कार भएको जाहेरी लिन प्रहरीले सुरुमा मानेन । पीडित परिवारले घटनाको ४५ दिनपछि बलात्कारी विनोद बस्नेतविरुद्ध इलाक प्रहरी कार्यालय लहानमा जबर्जस्ती करणीको उजुरी दिएको थियो । हद म्याद नाघेको भन्दै प्रहरीले उजुरी लिन मानेन । ‘हामी अभियुक्तविरुद्ध रेप केस गर्न प्रहरी कार्यालय पुग्यौँ । तर, प्रहरीले उजुरी नै लिन मानेन । हद म्याद सकिएको भन्दै प्रहरीले हकारेर पो पठायो,’ कर्णले भनिन् । ज्यान मार्ने उद्योगअन्तर्गतको उजुरी भने प्रहरीले लिएको उनले बताइन् । बालबालिकालाई यौनशोषण गर्ने वृद्ध पक्राउ काठमाडौंको अत्तरखेलमा सहयोगी समाज नेपालले सञ्चालन गरेको बालगृहका बालबालिकालाई यौनशोषण गर्ने वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । तर, उनी साधारण तारेखमा रिहा भएका छन् । बालगृह रहेको घरका घरधनी ७४ वर्षीय गमनप्रसाद आचार्यले सात र आठ वर्षका दुई बालिका र एक बालकमाथि यौनशोषण गर्दै आएका थिए । केन्द्रीय बालकल्याण समितिको उजुरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण