गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारपर्वतमा २३ खानेपानी आयोजना निर्माण हुँदै

पर्वतमा २३ खानेपानी आयोजना निर्माण हुँदै

March 4, 2016१४६ पटक

पर्वत, फागुन २१ गते । पर्वतका विभिन्न गाउँमा २३ खानेपानी आयोजना निर्माणको चरणमा रहेका छन् । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र स्थानीय उपभोक्ताहरुको सहकार्यमा २३ खानेपानी आयोजना निर्माण हुने भएका हुन् ।
पर्वतको सवै भन्दा बढी खानेपानीको समस्या देखिएको होश्राङदी गाविस सहित बर्राचौर, रानीपानी, त्रिवेणी, लिमिठाना, खानीगाउँ, बाच्छा टकलाक र उत्तरी शालिजा, धाइरिङ, ठूलिपोखरी लगायतका गाविसमा खानेपानी आयोजना निर्माण हुन थालेका हुन् ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना पर्वतका जिल्ला सल्लाहकार प्रसन्न पाण्डेले दिएको जानकारी अनुसार यी योजनाहरुमा न्यूनतम ६० हजार देखि ८५ लाख सम्म योजनामा सहयोग प्रदान गरेको छ । परियोजनाले खानेपानीको समस्यामा बढी रहेको होश्राङदीको १,२,३ र ४ मा माझपानी सौरेनी खानेपानी आयोजनामा ८५ लाख रकम विनियोजन गरेको हो । परियोजनाले मात्रै पर्वतका २३ खानेपानी आयोजनामा २ करोड ५४ लाख ६० हजार रुपैँया खर्चने भएको छ । त्यस्तै अन्य लागत स्थानीय गाउँ विकास समिति र उपभोक्ताहरुले व्यहोर्ने गरी सम्झौता भएको पाण्डेले जानकारी दिए ।
पर्वतमा खानेपानीको अवस्था तथ्याङ्कमा ९० प्रतिशत घरधुरी स्वच्छ खानेपानीको पहुँचमा रहेको देखिएता पनि पुराना योजनाहरु विस्तारै जिर्ण बन्दै गएपछि नयाँ योजनाहरु निर्माण हुने क्रम बढेको हो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण