बागलुङमा टेड्र युनीयनको सम्पर्क कार्यलय स्थापना
रबिना बोहरा
बागलुङ, फागुन २१ गते । आगामी चैत २८ गते हुन गैरहेको निजामती कर्मचारीहरुको आधिकारीक टेड्र युनीयनको निवार्चनको लागी विहिवार बागलुङमा सम्पर्क कार्यलयको स्थापना गरीएको छ ।
कार्यलयको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचीव चेतनाथ न्यौपाने तथा केन्द्रीय सदस्य ज्ञानप्रसाद पनेरुले उद्घाटन गर्नुभएको हो । नेपाल निजामती कर्मचारी संगठन बागलुङले निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनको पक्षमा मत जुटाउनका लागी सम्पर्क कार्यलयको स्थापना गरीएको हो ।
कार्यलयबाट निर्वाचनका लागी जिल्लाबाट हुने सम्पुर्ण आर्थिक भौतीक लगाएतका कामहरु सञ्चालन गरीने नेपाल निजामती कर्मचारी संगठन बागलुङका कोषाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो ।