गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारम्याग्दीमा जैविक मल सङ्कलन गर्न कृषकलाई ड्रम

म्याग्दीमा जैविक मल सङ्कलन गर्न कृषकलाई ड्रम

March 4, 2016१६६ पटक

प्रताप बानियाँ
म्याग्दी, फागुन २१ गते । पछिल्लो समय कृषि बालीनालीमा रासायनिक मलको प्रयोग बढ्दै जाँदा कृषि उपजको उत्पादन घट्ने हुँदा जैविक मल सङ्कलन गर्नका लागि किसानहरुलाई ड्रमहरु वितरण भएको छ । राष्ट्रिय कृषि अनुसन्धान विकास कोष र ईन्प्रेड नेपालको साझेदारीमा म्याग्दी जिल्लामा सञ्चालित कार्यक्रमबाट किसानलाई ड्रम वितरण गरिएको हो ।
ती दुई संस्थाको साझेदारीमा प्लाष्टिक टनेलको प्रयोग गर्ने र आधुनिक प्रविधिबाट गोलभेँडा उत्पादन कार्यक्रमअन्तर्गत म्याग्दीको ३ गाविसका २ सयजना कृषकहरुलाई ड्रम वितरण गरिएको ईन्प्रेड नेपालले जनाएको छ । चालु आर्थिक वर्षदेखि म्याग्दीमा सञ्चालित कार्यक्रमबाट जिल्लाको घतान, पिप्ले र भगवती गाविसको १२ ओटा कृषक समूहलाई क्रमशः ७२, ६८ र ६० ओटा ड्रम उपलब्ध गराइएको छ ।
यसअघि पनि गोलभेँडाको बिउबिजन र प्लाष्टिक टनेल वितरण गरिएको छ भने विषादी छर्नका लागि तीनओटै गाविसका २ जना किसानलाई एकएक वटा गरी १ सयवटा स्प्रेहरु वितरण गरिएको ईन्प्रेड नेपालका प्रशासकीय अधिकृत टुकप्रसाद शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण