भारतलाई नै नाकाबन्दी गर्ने अवस्था सिर्जना गर्नुपर्छ : गौतम
विमल नेपाली
गुल्मी, फाल्गुण २२ गते । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम नेपाल सरकार पुर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतले पटक पट क नाकाबन्दी गरेको उल्लेख गर्दै आर्थिक समृद्धि र कृषिमा आधुनिकीकरण तर्फ लागि भारतलाई नै नाकाबन्दी गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ । उहाँले आत्मनिर्भर बन्दै देशको स्वतन्त्रता, अखण्डता एवम स्वाभिमान जोगाउनका लागि अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
कृषिमा आधुनिकीकरण गरी औद्योगिकीकरण गर्ने, देशलाईआत्मानिर्भर बनाई रोजगारी सिर्जना गर्ने, रासायनिक विषादीमा आधारित कृषि प्रणालीलाई विस्थापित गर्ने र प्राकृतिक कृषि प्रणालीलाई संरक्षण सँगै दिगो विकासमा संलग्न हुन प्रेरित गर्ने उद्धेश्यले स्थापना भएको नयाँ कृषि अभियान कृषि सहकारी संस्थालिमिटेड जिल्ला सम्पर्क समिति बलेटक्सार गुल्मीको उदघाटन गर्दै यो कृषि सहकारी भएकाले यसको सदस्य पनि कृषक नै हुनुपर्नेमा जोड दिनुभयो ।
गौतमले गुल्मीलाई नमुना कृषि क्षेत्रको रुपमा विकास गरी गुल्मीमा नै तरकारी तालिम केन्द्र स्थापना गर्ने बताउनुभएको छ । नयाँ कृषि अभियानका एवम नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका नेता गौतमले कृषि सहकारी सञ्चालन गर्ने व्यक्तिहरु इमान्दारहुनुपर्ने भन्दै अध्ययन, प्रशिक्षण तथा तालिम सञ्चालन गरेमा कृषिमा नौलोपना ल्याउन सकिने बताउनुभएको छ । उहाँले गुल्मी कृषिमा नमुना जिल्ला बन्ने पक्का पक्की भएको र कृषिमा लगानी गर्न चाहे सरकारले २५ प्रतिशत सरकारले सहयोग गर्ने बताउनुभएको हो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले सचिव एवम पुर्व पर्यटन तथा संस्कृत मन्त्री प्रदिप ज्ञवालीले संविधान जारी भए लगतै नेपाल एक नयाँ युगमा प्रबेश गरेको भन्दै अबको दिनमा सवैको ध्यान विकास तथा आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्व कृषिमन्त्री हरि पराजुली, नयाँ कृषि अभियानका केन्द्रिय सदस्य कमलराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले लगायतले सम्बोधन गर्नुभएको थियो ।