वामीमा मतदाता नामावली अध्याबधिक शिबिर सञ्चालन हुने
अनिश शर्मा गैरे
गुल्मी, फाल्गुण २२ गते । शनिबार वामीमा मतदाता नामावली संकलन सम्बन्धी छलफल भएको छ । वामीटक्सार स्वास्थ्य चौकीमा सम्पन्न भएको सर्बदलीय बैठकले नयाँ दर्ता गर्न तथा त्रुटि भएकाहरुको लागी एक टोली खटाउने निर्णय गरेको छ । जस्को लागी आगमाी चैत्र ४ गते वामी गाबिस भवनमा तथा ५ गते वामीटक्सार स्वास्थ्य चौकीमा शिविर बस्ने सामजिक परिचालक गँगा रायमाझीले जानकारी दिइन् । उक्त शिविरमा गाबिस भित्रका सम्पुर्ण नया नामावली दर्ता गर्न तथा त्रुटि भएका ब्यक्तिहरु उपस्थित भर्इ नया दर्ता गर्न तथा सच्चाउनको लागी समेत उनले आग्रह गरिन । साथै कार्यक्रमले गाबिसका सचिब सुर्य बहादुर सोमैको अध्यक्षतामा मतदाता नामावली अध्याबधिक गाँउ समन्वय समितिको समेत गठन गरिएको छ ।