गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारमाओबादी पार्टी फुटाउनेहरु असफल भइसके : रायमाझी

माओबादी पार्टी फुटाउनेहरु असफल भइसके : रायमाझी

March 5, 2016२२० पटक


दीपक घिमिरे

भैरहवा, २२ फागुन । उपप्रधान तथा ऊर्जा मन्त्रि टोपबहादुर रायमाझिले एकिकृत नेकपा माओबादी फुटाएर नयां शक्ति खोल्नेहरु असफल भइसकेको बताउनु भएको छ ।
नेपालमा स्थापित राजनैतिक दलहरुको आ आफ्नै खालको सर्घष, आन्दोलन र शत्तिबाट आएको बताउदै पार्टी फुटाएर जानेहरु कहिल्यै पनि सफल नहुने बताउनु भयो । एमाआबादी नेता समेत रहनु भएका रायमाझीले माओबादीबाट बाहिरिएकाहरु पुनः पार्टिमै फर्किने विश्वास व्यक्त गर्नु भयो । उद्योग व्यापार संगठन रुपन्देहीको नबौँ साधारण सभा तथा पाँचौ अधिवेसनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्रि रायमाझिले अब देशमा राजनैतीक खिचातानि भन्दा पनि विकासको आवश्यकता रहेको औल्याउदै बिकास निमार्णमा लाग्नु भयो ।

उहाले राजनैतीक आन्दोलनले स्थापित भएका मुख्य पार्टिहरुले अब विकासको क्षेत्रमा क्रान्ति गर्न नसके विस्थापित हुन सक्ने र अब विकास गर्ने पार्टि नै देशको मुख्य पार्टि बन्ने बताउनु भयो । Topbahadur-Rayamajhi

१ सय ५ बर्षको अवधिमा ३० जना उर्जा मन्त्रिहरुले गर्न नसकेको ऊर्जा क्षेत्रको विकास अबको एक वर्ष भित्रमा गरेर देखाउने र अबको दश बर्षमा दशहजार मेघावाट विद्युत उत्पादन गर्ने योजना रहेको मन्त्रि रायमाझिको भनाई छ । उहाले बुटवल–सुनौली ट्रान्समिसन लाईन निर्माणकोलागी पनि बजेट विनियोजन भईसकेकाले छिट्टै काम सुरु गरिने बताउनुभयो ।

उहाले अर्को प्रसङ्गमा हिन्दु राष्ट्र विउताउने खतरा बढेपछि आन्दोलनरत पार्टीहरुका माग संबोधन नगरिकनै संविधान जारी गरिएको बताउँदै मन्त्रि रायमाझिले संविधानले समेट्न नसकेका विषयहरुलाई संसोधन गरिएको र गर्दै जाने बताउनु भयो । कार्यक्रममा उद्योग व्यापारको क्षेत्रमा कलम चलाएर सहयोग पु¥याएको भन्दै रुपन्देहीका पत्रकारहरु माधव ढुङ्गान, कमल रायमाझि , टोपराज शर्मा र माधव न्यौपानेलाई सम्मान गरिएको छ ।

त्यस्तै उद्योगी व्यवसायीहरुमा फुलसिंह क्षेत्री, सिताराम उप्रेती , रोहित अग्रवाल, चन्द्रमोहन पटवा र मोहम्मद रहिस लाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष कृष्ण आर्चाय, क्षेत्र नं। २ रुपन्देहीका सांसद आदित्यनारायण कसौधन, सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव, एमाआबादीका राम प्रसाद बन्जाडे, नयाँ शक्ति नेपालका पाँच नम्बर प्रदेश संयोजक बामदेब क्षेत्री, नेपाली काङ्गेस रुपन्देहीका सदस्य रामकिसन विक , एमालेका नेता हितराज पन्थि लगाएतले बोल्दै सरकारले उद्योग क्षेत्रका लागि बिद्युत लगाएतका क्षेत्रमा बिशेष सहुलियत दिनु पर्नेमा जोड दिनु भयो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण