दुर्घटनामा परि अपांग भएका पण्डितलाई साथीहरूको सहयोग
अर्पण मगर ,फागुन २४/मलेसियामलेसियामा सेलेङ्गर राज्यको कापर ?स्थित पेन्टेज स्टिल ईन्ड्रस्टिज एसडिएन बिएचडी कम्पनीमा कार्यरत सत्रुधन पण्डित बिगत पाँच महिना अधि कम्पनीमै काम गरिरहेको अवस्थामा दुर्घटनामा परि घाइते भएका थिए। गर्हौ फलामको वस्तुले खुट्टामा किच्दा तत्कालै उपचाराका लागि केलाङ स्थित सरकारी अस्पतालमा लगिएको थियो ।घटनाका क्रममा उनको खुट्टाको बुढी अौलामा गहिरो चोट लागेको हुनाले उक्त अौला काट्नु परेको थियोे ।घटना पछि कम्पनीले सामान्य उपचार गरेर छाडेपछि बाकिका उपचार अाफैले गराएका थिए। पाच महिना अधि दुर्घटनामा परेका पण्डित लाई कम्पनी बाट सामान्य उपचार पछि कुनैपनि राहत तथा सहयोग गरेको थिएन । जसकारण पण्डितलाई दैनिक उपभोग्य सामान साथै खाना खाने पैसा समेत नभएको अवस्थामा उक्त कम्पनी मा कार्यरत लगभग १५० नेपाली कामदार ले स्वइछ्याले अार्थिक सहयोग गरेका थिए ।कम्पनी कै कामदार बसन्त कुमार रोका र बुद्ध कुमार राईको अग्रता मा रकम संकलन गरिएको थियो।करिब पचास हजार नेपाली रुपैयाँ संकलित रकम हस्तान्तरण पछि पिडित पण्डित खुसी हुँदै भने ” कम्पनीले नहेरे पनि प्रवासको ठाउमा साथीहरू ले माया गरि सहयोग गरेकोमा सम्पूर्ण सहयोगी हरुलाइ धन्यवाद” साथै यो सहयोग जीवनभर नभूल्ने पनि बताए । सर्लाही निवासी पण्डितका तीन छोरा र श्रीमती रहेका छन्।उनी २००८ मा मलेसिया अाएका थिए।