गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबहुमतको लागि देउवालाई ११ मत पुगेन, देउवा र पौडेलबिच आज फेरि चुनाव

बहुमतको लागि देउवालाई ११ मत पुगेन, देउवा र पौडेलबिच आज फेरि चुनाव

March 7, 2016२१७ पटक

काठमाडौं, फागुन २४– नेपाली कांग्रेसको सभापति पदमा भएको मतदानमा तीनैजना उम्मेदवारको बहुमत नपुगेपछि फेरि दोस्रो चरणमा मतदान हुने भएको छ । आइतबार भएको पहिलो चरणको मतदानको मतगणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई बहुमतको लागि ११ मत मात्र पुगेन ।

fd
सोमबार बिहान मतगणना सकिँदा उहाँले १५ सय ६४ मत ल्याउनुभयो । बहुमतको लागि १५ सय ७५ मत ल्याउनुपथ्र्यो । बहुमतको लागि उहाँलाई जम्मा ११ मतको मात्र कमी भएको हो । यस्तै अर्का प्रत्याशी रामचन्द्र पौडेलको ११ सय ६० मत आएको छ । एक सय मत बदर भएको छ ।
यस्तै सभापतिका अर्का उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत ल्याउनुभएको छ । सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र पौडेलबिच चुनाव हुनेछ । कांग्रेसको विधान अनुसार पहिलो चरणको चुनावमा कसैले पनि ५० प्रतिशत मत नकटाएमा धेरै मत ल्याउने दुईजनाबिच फेरि चुनाव गर्नुपर्ने व्यवस्था छ ।
यस व्यवस्था अनुसार सिटौला अब प्रतिष्पर्धाबाट बाहिरिनुभएको छ । उहाँ र उहाँको प्यानलको मत अब निर्णायक देखिएको छ । देउवा र पौडेल दुवै सिटौलालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण