त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्बाङ्गमा कक्षा १० का बिद्यार्थीलाई बिदाई
गणेश थापा, रेडियो सारथी
बागलुङ्ग, फागुन २३, त्रिभुवन उच्च माध्यमिक विद्यालय दगातुम्डाँडा ७ खर्बाङ्गमा आज कक्षा ९ का बिद्यार्थीद्धारा कक्षा १० का बिद्यार्थीलाई बिदाई गरिएको छ ।
बिदाई समारोहका प्रमुख अतिथी प्राचार्य ढालमणि भण्डारीले उच्च शिक्षाको सफलताको लागि बिदाई गरिएको बताउनु भयो । कार्यक्रममा कक्षा ९ का छात्रा मनिषा परियार र शोभा परियारले स्वागत गीत तथा अनिता बि।क। र अनिता नेपालीले बिदाई गीत प्रस्तुत गर्नुभएको थियो भने कक्ष १० का खिमा बन र मनोज नेपालीले गजल प्रस्तुत गर्नुभएको थिया । यस्तै कक्षा ९ का छात्र सुरज आचार्यले स्वागत मन्तब्य तथा कक्षा ९ का हिमाल रास्कोटी र सम्झना पुनको स्वागत मन्तब्य तथा कक्षा १० का बिष्णु गिरी र गीता पच्याले बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम कक्षा ९ की छात्रा निर्मला भुजेलको सभापतित्व तथा रवि सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।