आज पनि हावाहुरी सहित पानी पर्ने सम्भावना
काठमाडौं, फागुन २४ – आइतबार राति जस्तै सोमबार बेलुका पनि देशका धेरै ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबार पश्चिम, मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा मेगगर्जनसहित पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
यस्तै बेलुका हावाहुरी पनि चल्ने उहाँले बताउनुभयो । प्रि मनसुनको समयमा र जमिनको तापक्रम बढेपछि तीब्र गतिमा हावा चल्ने मौसमविद् अर्यालले बताउनुभयो । बेलुकीपख तीब्र गतिमा हावा चल्ने भएकाले जस्ता र प्लाष्टिकको टहरमा बस्दै आएकाहरुलाई सतर्क रहन पनि मौसमविद्को आग्रह छ ।
हावाका कारण जस्ता उडाउने तथा विजुलीको साना पोलहरु ढल्न सक्ने भएकाले यस्तो बेला सकेसम्म बाहिर हिँडडुल नगर्न मौसमविदले आग्रह गरेका हुन् । आइतबार राति काठमडौं उपत्यकासहित धेरै ठाउँमा हावाहुरीसँगै पानी परेको थियो ।