गृहपृष्ठ » मुख्य समाचार, राजनीतिम्याग्दी एमाओवादीको जनवर्गीय संगठनहरुको भेलालाई तिब्रता 

म्याग्दी एमाओवादीको जनवर्गीय संगठनहरुको भेलालाई तिब्रता 

March 7, 2016१९० पटक

म्याग्दी, फागुन २४ । एकिकृत नेकपा माओवादी म्याग्दीले जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनलाई तिब्रता दिएको छ । संगठन सुदृढीकरण अभियान अन्तरगत एमाओवादी म्याग्दीले विद्यार्थी, महिला, मजदुर, युवा, जातीय र पेशागत संगठनहरुको भेला, सम्मेलनलाई तिब्र पारेको हो ।

यसैक्रममा आईतबार बेनीमा सम्पन्न अखिल नेपाल टे«ड युनियन महासंघ म्याग्दीको भेलाले राजेन्द्र केसीको संयोजकत्वमा २३ सदस्यीय महासंघको जिल्ला सम्मेलन आयोजक कमिटि गठन भएको छ । 

कमिटिले यातायात, धातु तथा निर्माण, ढुवानी, ईलेक्ट्रीकल, करार, सडक मजदुर र फलफुल ब्यपार गर्ने मजदुरहरुलाई एकतावद्ध गरि जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण