आतंकवादसम्बन्धी आइएसले बालबालिकालाई प्रशिक्षण दिइरहेको खुलासा
काठमाडौं, फागुन २४ । इस्लामिक अतिबादी संगठनले बालबालिकालाई आतंकवादसम्बन्धी प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार आईएसले अफगान नियन्त्रणमा रहेको क्षेत्रमा बालबालिकालाई प्रशिक्षण दिएका हुन् ।
आत्मघाती विस्फोट, जासुससम्बन्धि प्रशिक्षण दिइरहेको जनाउँदै राष्ट्रसंघले यसप्रति विश्व समुदायको ध्यान आकर्षण गराएको छ ।
रिपोर्ट अनुसार प्रशिक्षणकै क्रममा बालबालिकालाई फाँसी दिइएको दृश्य प्रत्यक्ष देखाइनुका साथै शीर छेदन गरिएको टाउकोलाई फुटबलका रुपमा प्रयोग गरेको देखाइएको छ ।
प्रशिक्षणमा सयभन्दा बढी बालबालिकालाई सामेल गरिएको छ । संयुक्त राष्ट्रसंघले तयार पारेको यो प्रतिवेदन आगामी बुधबार बेलायती संसदमा पेश गरिने छ । (एजेन्सी)