विकासको लागि एकता आवश्यक: प्रधानमन्त्री
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागी एकता आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय बसपार्कको स्तरोन्नती एवं पूर्वाधार निमार्ण कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै उनले विकासकालागि सबै राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिए ।
विकासमा राजनीति बढी भएकाले नेपाल पछि परेको भन्दै आफूले राजनीति भन्दा विकासलाई प्राथमिकतामा राख्ने बताए ।
देशकै प्रमुख बसपार्कको स्थिति अस्तव्यस्त भएको भन्दै उनले यसको स्तरोन्नती र आधुनिकीकरण गर्न सरकारले सहयोग गर्ने वचन दिए ।
गाउँगाउँ र दुर्गम क्षेत्रलाई जोडने बसपार्कमा आधुनिक प्रतिक्षालय निमार्ण, आवास निमार्ण,लगायत पुराना भौतिक संरचनालाई आधुनिकीकरण गरिने छ ।
बसपार्कलाई भौतिक संरचनायुक्त बनाउने जिम्मा काठमाडौं महानगरपालीका र लोहोत्से बहुउद्धेश्य प्रालीलाई दिइएको छ ।