गृहपृष्ठ » मुख्य समाचार, शिक्षागुल्मीमा गणित बिषय शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रम सुरु

गुल्मीमा गणित बिषय शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रम सुरु

March 7, 2016१३१ पटक

अनिल खत्री
गुल्मी, फाल्गुन २४ । गुल्मीमा दुई दिवसिय गणित बिषय शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रम सुरु भएको छ । प्याब्सन गुल्मी र युनाईटेड नेपाल पब्लिकेसन प्रा।लि। काठमाडौंले गुल्मीको सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरि उक्त गणित बिषय शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रम सुरु गरेको हो । गणित बिषयमा शिक्षकलाई पुनर्ताजगी बनाउँने उदेश्यले उक्त कार्यक्रम राखिएको प्याब्सन गुल्मीका अध्यक्ष फर्सुराम ज्ञवालीले बताउनु भयो ।
गणित बिषय शिक्षक शिक्षण पुनर्ताजगी कार्यक्रममा गुल्मी जिल्ला भरका ४५ वटा संस्थागत बिद्यालयमा प्रा।बि तथा नि।मा।बि विषयमा गणित विषय शिक्षण गराउँने शिक्षक तथा नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।

20160307_122448

कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यलय गुल्मीका बिद्यालय निरिक्षक बिरेन्द्र कुवँरले यस्ता कार्यक्रमहरुले शिक्षकहरुलाई शिक्षण गराउँन थप उर्जा मिल्ने बताउनु भयो ।युनाईटेड नेपाल पब्लिकेसन प्रा।लि। काठमाडौंको तर्फबाट बोल्दै गणित विषय बिज्ञ हुकुमप्रसाद दाहालले गणित विषय बिद्यार्थीहरुलाई व्यावहारिक तरिकाले शिक्षण गराउँनु पर्ने आबश्यकता रहेको बतउनु भयो ।
कार्यक्रममा प्याब्सन गुल्मीका सल्लाहाकार संयोजक दानबहादुर केसी, युनाईटेड नेपाल पब्लिकेसन प्रा।लि। लुम्बिनी अञ्चलका बजार व्यावस्थापक प्रकाशचन्द्र घिमिरे लगायतले गणित विषयलाई सजिलो तरिकाले अध्यापन गराउनु पर्नेमा जोड दिनु भयो । दुई दिन सम्म सदरमुकाम तम्घासमा चल्ने कार्यक्रममा गणित विषयका बिषय बिज्ञ हुकुमप्रसाद दाहालले प्रशिक्षण दिनुहुने बजार व्यावस्थापक प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण