स्याङ्जामा बाबुबाट छोरी बलात्कृत
स्याङ्जाको दक्षिण पश्चिम बिर्घा गाविसकी १० वर्षीया एक बालिका आफ्नै सहोदर बाबुबाट बलात्कृत भएकी छन् । छोरी बलात्कार गरेको भन्दै ३१ वर्षीय तोलाकान्त सुनार प्रहरी नियन्त्रणमा छन् ।
करिब ६ महिनाअघि आमाले दोश्रो बिहे गरेर गएपछि काका काकीको सरंक्षणमा बस्दै आएकी ती बालिकालाई घरमा लगेर बाबुले बलात्कार गरेको प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
‘बाबुको आक्रमणबाट छोरी चिच्चाएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे’, स्याङ्जाका निमित्त प्रहरी प्रमुख समेत रहेका चन्द भन्छन्, ‘सुरुमा यौन दुव्र्यवहार भनेर रिपोर्ट लेखाइयो । तर, डाक्टरी रिपोर्टबाट जवरजस्ती करणी भएको पुष्टि भएको छ ।’
आमा अर्कैसँग गएपछि भाइको परिवारले छोरीलाई पाल्न थालेको थियो । ज्यालामजदूरी गर्ने सुनार भने एक्लै घरमा बस्दै आएका थिए ।
गत शुक्रवार घटना भएपछि फरार सुनारलाई शनिवार पाल्पाबाट पक्राउ गरिएको हो । आइतवार सुनारलाई ६ दिनको म्याद थपी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।