गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, विशेष, समचार७० वर्षमा ४९ वर्ष कांग्रेसमा कोइराला परिवार, देउवा कोइराला खानदानबाहिरका तेस्रो सभापति

७० वर्षमा ४९ वर्ष कांग्रेसमा कोइराला परिवार, देउवा कोइराला खानदानबाहिरका तेस्रो सभापति

March 8, 2016२६३ पटक

२५ फागुन, काठमाडौं । कृष्णप्रसाद भट्टराईलाई विस्थापित गर्दै ०५३को नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति भएका थिए । गिरिजाप्रसादले १४ वर्ष र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।  २० वर्षअघि भट्टराईले कोइरालालाई छाडेको जिम्मेवारी देउवाले फिर्ता लगेका छन् ।

download
कांग्रेसमा कोइराला परिवारका चार सभापति भए । २००३ मा राष्ठ्रिय कांग्रेसको स्थापनायता बीपीले पाँचपटक गरी २५ वर्ष, मातृकाप्रसादले दुईपटक गरी ४ वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यबाहकसहित दुईपटक गरी ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।
कांग्रेसको सातौं महाधिवेशनले ०१६मा बीपीलाई सभापतिमा चयन गरेको थियो । तर, २०१७मा पञ्चायती व्यवस्था आएपछि महाधिवेशन हुन सकेन । ०३४मा बीपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति बनाए ।
कांग्रेसको इतिहासमा दुई वर्ष नेतृत्व गर्न पाउने नेता हुन् सुवर्णशमशेर । उनले २०१२ देखि ०५४ सम्म् सभापतिको रुपमा कांग्रेसको नेतृत्व गरेका थिए । कोइराला खानदानबाहिर भट्टराई सुवर्णपछि तेस्रो नेताका रुपमा उदाएका छन् शेरबहादुर देउवा ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण