गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारप्रचण्डले देउवालाई बधाई दिए

प्रचण्डले देउवालाई बधाई दिए

March 8, 2016२०८ पटक

शिब शर्मा
चितवन, फागुन २५ –एकीकृत माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।गृहजिल्ला चितवनमा रहेका प्रचण्डले मंगलबार बिहान टेलिफोन गरी देउवालाई बधाइका साथै कार्यकाल सफलताको कामना गरेका हुन् । त्यस क्रममा प्रचण्डले देउवा काँग्रेस सभापतिमा निर्वाचित भएकामा आफूलाई खुसी लागेको बताए ।

12823054_1750484675196674_1394427128_o

‘तपाईं सभापतिमा निर्वाचित हुनुभयो भन्ने सुनेर खुसी लागेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनको निजी सचिवालय स्रोतले भन्यो, ‘कार्यकाल सफल होस्, शुभकामना छ ।’प्रचण्डले संविधान कार्यान्वयनको जटिलता रहेका बेला देउवा सभापतिमा निर्वाचित भएको भन्दै सबै मिलेर संविधान कार्यान्यवनमा लाग्नुपर्ने बताए । जवाफमा देउवाले आफू प्रमुख दलसँगको सहकार्य र सहमतिमा अघि बढ्ने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण