गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यगुल्मीको महिला दिवसमा वल्ल महिलाहरुको बाहुल्यता ( फोटो फिचर )

गुल्मीको महिला दिवसमा वल्ल महिलाहरुको बाहुल्यता ( फोटो फिचर )

March 8, 2016२६३ पटक

प्रेम सुनार
गुल्मी, फागुन –२५ । जिल्लामा कतिपय कार्यक्रम सरकारी कार्यालका हाकिमहरुको चाकरीका लागि पनि गरिन्थ्यो र अझै पनि गरिन्छ । यस जिल्लामा विगतका वर्षहरुमा मनाईने महिला दिवसहरुको विशेष कार्यक्रममा सिडियो , जिल्ला न्यायधिस वा कुन चाँही नेतालाई प्रमुख अतिथी बनाउने ? भन्ने होडबाजी चल्थ्यो र महिलाहरुको दिवसमा पुरुष सहभागिताको वाहुल्यता हुन्थ्यो । तर यसपालीको दृश्य ठिक विपरित देखियो ।

m 1
तम्घासको वालमन्दिमा विशेष हल निर्माण गरी अन्तर पार्टी महिला सञ्जाल गुल्मीले आयोजना गरेको १३ औं अन्तराष्ट्रिय महिला दिवसमा महिला नै प्रमुख अतिथी, विशेष अतिथी र पुरै कार्यक्रम स्थल महिलाहरुले नै भरेका थिए । महिला दिवस विशेष कार्यक्रमको प्रमुख अतिथी रहेकी सांसद दिलशोभा पुन र अर्की विशेष अतिथी सांसद कमला बिश्वकर्माले उद्घाटन गरिन् ।
यस अघिका महिला दिवसका कार्यक्रमहरु प्राय सिडियोले उद्घाटन गर्ने गर्दथे । यसपाली बिशेष अतिथी रहेका सिडियो प्रदिपराज कँडेल उठ्न पनि परेन् । पहिला जस्तो सरकारी कार्यालयका प्रमुखहरु ( पुरुषहरु ) को सहभागिता पनि थिएन् ।
उनिहरुले महिला कर्मचारीहरुलाई प्रतिनिधीत्व गराएको पाईयो । राजनैतिक दलहरुले महिलाहरुलाई प्रिितनिधत्व गराएका थिए ।m 2
विशेष अतिथी रहेकी नेकपा एमाले निकट अनेम संघकी केन्द्रिय सचिवालय सदस्य मैना भण्डारीले अन्तराष्ट्रिय महिला दिवसको ऐतिहाँसिक पृष्ठभुमी बारे प्रकाश पारिन् ।
नेपाली कांग्रेसबाट अमृता कुँवर, एकिकृत नेकपा माओवादीबाट जिल्ला उापाध्यक्ष उमा बिक, सोही पार्टी निकट अनेम संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य लिला थापा लगायतले महिला दिवसको ईतिहाँस र अवका नेपाली महिलाहरुको कार्यभारका सवालमा निकै गहकिला मन्तव्य राखे । पहिला पहिला पुरुष अतिथीको भाषणले महिलाहरुले बोल्ने मौका पाउन मुस्कील मर्दथ्यो ।
‘लैङ्गिक समानताका लागि पाईला हाराहारी, सन २०३० सम्म हिस्सा वरावरी ’ भन्ने मुल नाराका साथ आयोति महिला दिवसमा विभिन्न संघ संस्थाका महिलाहरु सहभागि रहेका थिए । पहिला पहिला सदरमुकाममा रहेका पहिलाहरु मत्रै देखिन्थे । यसपाली ग्रामिण भेगका महिलाहरु समेत सहभागि भएको देखिन्थ्यो ।  

m 3
कार्यक्रममा महिला रक्षक सञ्जालकी अध्यक्ष सिता भुसाल, आशा अपाङ्ग केन्द्रिकी उपाध्यक्ष गंगा रायमाझी , शिवशक्ती महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट देवि कुावर , स्वालम्वन महिला सहकारी संस्थाबाट राधा पन्थी, पत्रकार महासंघबाट तारा भुसाल , गुल्मी उद्योग वाणिज्य संघबाट दुर्गा पाण्डे लगायतले शुभकामना दिएका थिए ।
महिला तथा वालवालिका कार्यालय प्रमुख प्रतिभा पन्थीको खटन पटन पनि विगतका प्रमुखहरुको भन्दा बढि देखिन्थो ।, सोही कार्यालय र सिर्जनशिल सामुदायिक विकास केन्द्रि गुल्मीको सहयोगमा आयोजना गरिएको महिला दिवसको सहभागिताले अव महिलाहरु जुट्न थाले छन् भन्ने आभास हुन्थ्यो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण