चितवनमा परोपकारी कविता बाचन कार्यक्रम हुने
शिब शर्मा
चितवन, फागुन २५–
मानव सेवा आश्रम चितवनको सञ्चालनार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यले परोपकारी कविता बाचन कार्यक्रम हुने भएको छ । विविसी नेपाली सेवा प्रमुख रविन्द्र मिश्रले परोपकारी कविता वाचन गर्नुहुने आज आश्रममा पत्रकार सम्मेलन गरि जानकारी दिईयो ।मागेर समेत खान नसक्ने, अशक्त,असाहय एंव मानसिक संतुलन गुमाई सडक पेटीहरूमा बेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश भएका व्यक्तिहरुलाई आश्रमले उद्धार गर्दै परिवारमा पुनस्थापन गर्दै आएको छ
सो परोपकारी कविता वाचन कार्यक्रम यही फागुन २९ र ३० गते नारायणगढस्थित नारायणी कला मन्दिरमा कविता वाचन हुने मानवसेवा आश्रम चितवनकी संयोजक रुपा केसीले जानकारी दिनुभयो ।
कार्यक्रम साँझ ४ देखि ६ बजेसम्म हुने छ । सो कार्यक्रमबाट संकलित रकमबाट अक्षयकोष स्थापना गरिने केसीले जानकारी दिनुभयो ।