गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्य४ दिने आँखा शिविर खर्बाङमा सम्पन्न

४ दिने आँखा शिविर खर्बाङमा सम्पन्न

March 10, 2016२९८ पटक

बागलुङ, फाल्गुण २७ गते । नेपाल रेडक्रस सोसाईटी दगातुम्डाँडा उपशाखा खर्बाङको स्थानिय ब्यवस्थापनमा खर्बाङमा सञ्चालित ४ दिने निशुल्क आँखा शिविर बुधबार सम्पन्न भएको छ । नेपाल नेत्रज्योती सँघ बागलुङ्गको आयोजना, हिमालय आँखा अस्पाताल पोखराको प्राविधिक सहयोग एवम लायन्स धौलागिरी, लायन्स क्लव सिटी बागलुङ, लायन्स क्लव अफ कालिका बागलुङ्गको सहआयोजनामा सञ्चालित आँखा शिविरमा बागलुङ र गुल्मीका २२ गा.बि.स. बाट ४ सय ५ जनाले आँखा परिक्षण गराएको थिए भने १६ जनाको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ ।
बुधकार सम्पन्न समापन समारोहमा आयोजक सँस्था नेत्रज्योति सँघका सभापति धु्रब बहादुर के.सी., हिमालय आँखा अस्पातल पोखराका बरिष्ठ आँखा रोग बिशेषज्ञ डा. इलिया श्रेष्ठ, नेत्रज्योती सँघ बागलुङका कोषाध्यक्ष बिन्दु सागर राज भण्डारी, सह–सचिव बैकुण्ड सापकोटा, लायन्स क्लव अफ बागलुङका अध्यक्ष नरेश कँडेल, लायन्स क्लव सिटी बागलुङका सचिव कविता बस्नेत, कोषाध्यक्ष दिपा के.सी. लगायतले आँखा रोगबाट कसैलाई पनि बञ्चित हुन नपरोस सबैले सेवा सुविधा पाउन सकुन भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । यस्तै लियो क्लव अफ धौलागिरी बागलुङका रोषन खड्का, प्रथम उपाध्यक्ष अर्जुन शर्मा लगायतले बिरामीहरुलाई उपचारबाट आँखा देख्न सफल भएकोमा खुसी ब्यक्त गर्दे आँखालाई सुरक्षित राख्न सकिने बिधीको पारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा खर्वाङका सभापति बिष्णु भुषालको अध्यक्षता तथा सचिव होमनाथ अर्यालको सञ्चालनमा सम्पन्न भएको रेडियो सारथीबाट गणेश थापाले समाचार पठाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण