राष्ट्रिय औद्योगिक ब्यापार मेला जारी , आठौें दिन २ करोड ४४ लाख कारोबार !!
जिवराज बख्रेल मकवानपुर फागुन २७=मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको आठौें दिन आज बिहीबार २ करोड ४४ लाख ७ हजारको कारोबार भएको छ ।आठौंदिन बिहीबार २९ हजार ८ सय ५७ जना दर्शकले मेला अवलोकन गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताउनुभएको छ ।बिहीबार चर्चित राष्ट्रिय हास्यकलाकारद्वय दमन रुपाखेती तथा सुजित थापा हास्यव्यङ्ग्यले दर्शकदीर्घाबाट हासोको गुन्जायमानका साथै वान्समोरको आवाज सुनिन्थ्यो । त्यस्तै चर्चित राष्ट्रिय युवा गायकगायिकाहरु सुगम पोखरेल र कमल क्षेत्रीको गीतमा दर्शकहरुबाट पटक÷पटक वान्समोरको आवाज सुनिन्थ्यो । त्यस्तै सुनिता दुलालले दर्शकहरुलाई आफ्ना गीतहरुबाट भरपूर मनोरञ्जन दिएका थिए । त्यसैगरी स्थानीय कलाकारहरु सम्झना अधिकारी, उमा गिरी, सविता तामाङ र लोकेन लामाले गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए भने फिउजन डान्स सेन्टर, कलिउड डान्स सेन्टर, तलेजु डान्स सेन्टर र श्रृजना कलाकेन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सुजना लामा र दिपेश बलामीले नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । मेलामा हेटौंडा अस्पतालले ७५ जनालाई निःशुल्क सेवा दिएको छ । १५ जनाको प्राथमिक उपचार, ४० जनाको ब्लडप्रेसर र २० जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव बिमला केसीले बताउनुभयो । त्यस्तै चुरेहिल अस्पताल प्रालि, युनियन ड्रग हाउस र नेपाल रेडक्र सोसाईटी साधारण चेकअप, औषधी वितरण र ब्लडप्रेसर चेकजाँच गरेको छ । जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको छ । मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताउनुभयो । मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, बैकिंङ सेवा, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको छ भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला २० गतेबाट ३० गतेसम्म चल्नेछ ।मेलामा भोली जिरे खुर्सानी टिम , ज्योती मगर , कोसिस क्षेत्री , अनु ढकाल , रोमा न्यौपाने लगाएतका कलाकार हरुको विषेश प्रस्तुति रहने आयोजकले जनाएको छ ।