शितल क्लव दगातुम्डाँडा ८ बागलुङ्गको आयोजनामा आज खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न
अनिष पाठक फागुन २७ बागलुङ्ग = शितल क्लव दगातुम्डाँडा ८ बागलुङ्गको आयोजनामा सञ्चालित प्रथम बार्षिकोत्सव तथा शिवरात्रीमेला आज सम्पन्न भएका छ । आज भएको फाईनल खेलमा क्षेत्री समाज सेभेन बा्रेडर्स भिमगिठेलाई पराजित गर्दै शितल क्लव समुह बी ले प्रथम स्थान हासिल गरेको छ । भलिवल खेलमा आयोजक बी ले प्रथम नगद २५ हजार मेडल, प्रमाण पत्र र कप हात पारेको छ भने द्धितिय हुन सफल क्षेत्री समाज सेभेन बा्रेडर्स भिमगिठेले नगद १५ हजार मेडल र प्रमाण पत्र हात पारेको छ ।
गत फागुन २४ गतेबाट शुरु भएको प्रथम बार्षिकोत्सव तथा शिवरात्रीमेला २०७२ को अवसमा मँगलबार रेकर्ड डान्स प्रतियोगिता, बुधकार बुधवार प्रमुख आकर्षणको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, गायीका मीरा गिरी, मेरी बास्सैका हास्य कलाकार मरिचमान क्षेष्ठ ९बल्छि धुर्वे०,गायक किरण बि।सी। ,मोडल शिव खरेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम शितल क्लवका अध्यक्ष प्रेमलाल अर्यालको अध्यक्षता एवम क्लवका उपाध्यक्ष जमुनाको सञ्चालनमा सम्पन्न भएको थियो ।