गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनयाँ शक्ति निमार्ण अभियान गुल्मीको वैठक सम्पन्न

नयाँ शक्ति निमार्ण अभियान गुल्मीको वैठक सम्पन्न

March 10, 2016१२६ पटक

अनिल खत्री, गुल्मी फागुन २७ =नयाँ शक्ति निमार्ण अभियान गुल्मीको वैठक सम्पन्न भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न वैठक जिल्ला संयोजक पुनाराम ज्ञवालीको अध्यक्षतामा र प्रमुख अतिथि नयाँ शक्ति,नेपाल परिषद्का ५ न. प्रदेश र सचिवालय सदस्य वामदेव क्षेत्री, गुल्मी पाल्पाका उत्प्रेरक गोविन्द के। सी।को उपस्थितिमा बसेको बैठकले जिल्लामा ७५ सदस्य नयाँ शक्ति, नेपालको नाममा रुपान्तरण गरी कार्यविभाजन गरेको जिल्ला सचिवालय संयोजक जनक पन्थले जानकारी दिनु भयो छ ।

कार्यबिभाजन अनुशार संयोजक पुनाराम ज्ञवाली, संगठन प्रमुख चन्द्र बहादुर वि.क,शरद क्षेत्र नं ३ को संयोजक ज्ञनेश्वर घिमिरे, क्षेत्र नं २ को संयोजक शेरबहादुर सर्तुर्गी क्षेत्र नं १ जिल्ला कार्यालय र कार्यालय व्यवस्थापन जनक पन्थ, नगर संयोजक घनश्याम पाण्डे ,महिला उत्प्रेरक कविता वि.क. संयोजक कमला पुन, युवा टिकाराम पोखरेल, शिक्षा छवबहादुर टण्डन, आर्थिक शेरबहादुर सर्तुर्गी, अपाड्ड तथा अल्पशख्यक घनबहादुर खड्का रहने गरी गा.वि.स.परिषद् गठन गरेको छ । नयाँ शक्ति निमार्ण अभियान गुल्मीबाट आगामी चैत्र मसान्त सम्म २हजार नया सदस्यता बिस्तार गर्ने भएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

कार्यालय व्यवस्थापनमा विभिन्न व्यक्तिहरुबाट जिन्सी रु १६ हजार सौजन्य भएको र संयोजकले अहिले सम्मको हिसाब किताव सार्वजनिक गर्ने निति अनुसार सबै साथीहरुबाट संकलन गरी आम्दानी रु.२११०० र खर्च २१०२० भएकोमा रु ८० बचत भएको सार्बजनिक गरिएको थियो । कार्यक्रममा नया“ शक्ति,नेपाल परिषद्का ५ नं प्रदेश र सचिवालय सदस्य वामदेव क्षेत्रीले नयाँ शक्ति नेपालको निर्देशिका आचार सहिता संकल्प प्रस्ताव र आर्थिक निति प्रति प्रकाश पार्दै संमृद्धी शुसाशन र सदाचारको रुपमा रुपान्तरण हुन निर्देशन दिनु भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण