मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने – प्रधानमन्त्री ओलीकाे भनाइ
झापा फागुन २७ गते = प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको पहलमा बिर्तामोड–१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले सरकार अब तीव्र गतिमा विकास निर्माणको कार्यमा अग्रसर हुन्छ भन्नुभयो । विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
धन कमाउनु, भ्रष्टाचार तथा कमिसन कुनै पनि आफ्नो रुचिको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रधानमन्त्रीभन्दा मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने दाबी गर्नु भयो । रासस