गृहपृष्ठ » मुख्य समाचार, राजनीतिक्षेत्रीलाई कामु प्रधानसेनापति तोकियो

क्षेत्रीलाई कामु प्रधानसेनापति तोकियो

August 9, 2015३३७ पटक
RajendraKshetri
काठमाण्डु, २४ साउन-राष्ट्रपति रामवरण यादवले नेपाली सेनाका बलाधिकृत नं ११३० रथी राजेन्द्र क्षेत्रीलाई आइतबार साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति कार्य सञ्चालनका लागि तोकेका छन् ।

 

राष्ट्रपति यादवले सैनिक ऐन, २०६३ को दफा ९८०, ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आइतबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

प्रधानसेनापति गौरवशमशेर राणा एक महिनापछि अनिवार्य अवकास हुने भएकाले उनी घरबिदामा बस्नेछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण