गृहपृष्ठ » मुख्य समाचार, राजनीतिआदिवासी जनजातिले ६ प्रदेशको सीमांकन नमान्ने

आदिवासी जनजातिले ६ प्रदेशको सीमांकन नमान्ने

August 9, 2015३०१ पटक

दाइहरु छन्, लडिदिन्छन् भन्ने नसोच्नुस् – अनन्त

२४ साउन, काठमाडौं । आदिवासी जनजातिले प्रमुख चार दलले गरेको ६ प्रदेशको सीमांकन नमान्ने घोषणा गरेका छन् ।

विश्व आदिवासी दिवसको अबसरमा आइतबार संविधानसभा भवन अगाडि भएको प्रदर्शनमा जनजातिहरुले ६ प्रदेशको सीमांकनको विरोध गरेका छन् । प्रदर्शनमा कांग्रेस, एमाले र एमाओवादी सहितका दलका सभासदको पनि सहभागिता थियो ।

प्रदर्शनपछि आयोजित सभामा एमाओवादी सचिव वर्षमान पुन अनन्तले ६ प्रदेशसहितको संविधानले जातीय युद्धको धक्की दिएको बताए ।

जातीय समुदायको सघन बसोबास भएको क्षेत्रलाई एउटै प्रदेश बनाउनु पर्छ भन्दा नेताहरुले नसुनेको भन्दै एमाओवादी सचिव अनन्तले भने-‘कम्तिमा जनयुद्धबाट आएका नेताहरुले यो स्वीकार गर्नुहुन्छ भन्ने सोचेको थिएँ । तर, होइन रहेछ ।’

पार्टी नेतृत्वप्रति तिब्र आक्रोस पोख्दै अनन्तले भने-‘संविधानसभाभित्र हाम्रा दाइहरु छन्, लडिदिन्छन् भन्ने नसोच्नुस् र उहाँहरु शासकको रुपमा परिणत भइसक्नु भएको छ ।’

आदिवासी जनजाति महासंघका महासचिव एवं एमाले सभासद पेम्बा भोटेले प्रस्तावित ६ प्रदेश जनजातिलाई स्वीकार्य नभएको बताए । ‘न पहिचानको आधारमा बनेको छ न अर्को कुनै आधार छ’ अनलाइनखबरसँग कुरा गर्दै भोटेले भने-‘यसको कुनै अर्थ छैन ।’

 

नेताहरुका अनुसार पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनसहितको बृहत मोर्चाबन्दीको तयारी भइरहेको छ ।

सोमबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण