गृहपृष्ठ » मुख्य समाचार, समचारविद्यालय हाताभित्रबाटै हतियार धारी समूहद्धारा बालक अपहरणको प्रयास

विद्यालय हाताभित्रबाटै हतियार धारी समूहद्धारा बालक अपहरणको प्रयास

March 11, 2016१०३ पटक

रामकुमार श्रेष्ठ
नवलपरासी, फाल्गुण २८ गते । नवलपरासीको प्रगतिनगरमा रहेको विश्वज्याति इंलिस बोर्डिंग स्कूलबाट ५ बर्षीय अपहरणको प्रयास भएको छ । विहीबार विहान करिब १० बजेतिरको समयमा एलकेजीमा अध्ययनरत प्रसिद्ध सापकोटालाई अपहरणको प्रयास गरिएको हो ।
देवचुली नगरपालिकाको दलदले निवासी दलदलेमा हिमाल हार्डवयर सञ्चालन गर्दै आएका विष्णु सापकोटाका छोरा प्रसिद्धलाई तीन जनाको समूहमा पेस्तोल सहित आएका हतियार धारी समूहले विद्यालयमा प्रवेश गर्न लागेको बेला अपहरणको प्रयास गरेको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

दलदलेबाट बालक आएको बसमा पछ्याउंदै आएका उक्त समूहले बालक बसबाट झरेर विद्यालय कम्पाउण्डमा प्रवेश गरेका विद्यार्थी सापकोटालाई विद्यालय हाता भित्रबाटै जबरजस्ती मोटरसाइकलमा हालेर लान खोजेको र विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालयका सुरक्षा कर्मी लगायतले हो हल्ला गरेर बचाउन सफल भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण