गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, स्वास्थ्यसारदा विद्या मन्दिर वामीमैदानमा विदाई कार्यक्रम

सारदा विद्या मन्दिर वामीमैदानमा विदाई कार्यक्रम

March 11, 2016१९० पटक

कमल बराल
गुल्मी, फाल्गुण २८ गते । सारदा विद्या मन्दिर माध्यमिक विद्यालय बामीमैदान गुल्मीका कक्षा ९ का विद्यार्थीहरुले एस.एल.सी दिने कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेका छन । युवराज वि.क( र जमुना परियारले विदाई गीत प्रस्तुत गर्नुभएको विदाई कार्यक्रममा विद्यालयका शिक्षक एवम भुपु प्रध्यानाध्यापक रविलाल गैरे, कक्षा ९ का विद्यार्थी शिशिर सापकोटा र पुनम छन्त्यालले विदाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई टिका र माला लगाई विदाई गरिएको थियो । विद्यालयको प्रांगणमा सम्पन्न कार्यक्रम कक्षा ९ का विद्यार्थी पदम रायमाझीको अध्यक्षता, विद्यालयका प्रध्यानाध्यापक ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यिता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठग बहादुर खत्रीको विशेष आतिथ्यिता एवम विद्यार्थी कमल बराल र दिपक वि।क।को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण