गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, स्वास्थ्यशारदा मा.बि. अर्वाथोकमा बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

शारदा मा.बि. अर्वाथोकमा बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

March 11, 2016१३९ पटक

रामकृष्ण कंडेल गुल्मी फागुण २८। शारदा मा वि अमर अर्वाथोक, गुल्मीमा २०७२ सालमा एस.एल.सी.मा सहभागी हुने विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरुले सफलताको शुभकामनासँगै विदाई गरेका छन।
कार्यक्रममा शिक्षकहरूको तर्फबाट साहायक प्रधानाध्यापक जिवलाल पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मानसिह ढेगा, प्रमुख अतिथि सभापति लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कक्षा १० बाट विदाई मन्तव्य अर्जुन कडेल र रमा श्रेष्ठले दिनुभएको थियो । कार्यक्रममा कक्षा ९ का छात्र छात्रा, प्रमुख अतिथि, व्यवस्थापन समिति, शिक्षकहरूले टिका माला लगाएर विदाई गर्नुभएको थियो भने कक्षा १० का विद्यार्थीहरूले विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा कक्षा ९ कि छात्रा सपना श्रेष्ठको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणानिधी पौडेलको प्रमुख आतिथ्यिता, शारदा माबिका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालको बिशेष आतिथ्यिता, कक्षा ९ कि छात्रा सुस्मिता ढेगाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन केशव पन्त गुर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण