सुमोमा माथि ट्रक बजारियो , सुमोमा सवार ४ घाईते
जिवराज बख्रेल हेटौडा फाल्गुण २८ = हेटौडा १ चौकीटोलमा आज भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । चौकीटोल खाद्य संस्थान अगाडी सुमो माथि ट्रक बजारिएर भएको दुर्घटनामा सुमोमा सवार ४ जना घाईते भएका छन् । दिउ“सो १ वजे भैंसेबाट हेटौंडातर्फ आउ“दै गरेको ना ३ ख ३०७१ नम्बरको मिनि ट्रक र हेटौंडाबाट काठमाडौं जा“दै
गरेको ना १ ज ३२४९ नम्बरको सुमो एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करबाट सुमोमा सवार हांडीखोला गाविस वडा नंं। ३ बस्ने ३४ वर्षीय हिरालाल रुम्बा, सोही स्थानका ३२ वर्षीय राजकुमार रुम्बा, हेटौंडा ४ का कल्पना खत्री, भार्ता ंं ५ का २५ वर्षीय पुष्कल प्रजा घाईते भएको जिल्ला
प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी शिशु शर्माले जानकारी दिनुभयो । घाईतेमध्ये हिरालाल र राजकुमारको चुरेहिल अस्पतालामा उपचार भइरहेको छ । खत्री र प्रजा भने दिउ“सै डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात ट्रक चालक फरार छन् ।