गृहपृष्ठ » मुख्य समाचार, राजनीति, स्वास्थ्यनेपाली काङ्ग्रेस बडागाँउद्धारा वडा कार्य समिति गठन

नेपाली काङ्ग्रेस बडागाँउद्धारा वडा कार्य समिति गठन

March 12, 2016१५० पटक

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
फाल्गुण २९ गते ।।
नेपाली काङ्ग्रेस बडागाँउ गाँउ कार्य समितिले आफ्नो गाबिसमा वडा कार्य समितिको गठन शुरु गरेको छ । जस अन्तर्गत आज वडा नम्बर ८ तोलादीमा २१ सदस्यीय वडा कार्य समितिको गठन गरिएको छ । जसको सभापतिमा मान गीरी, सचिबमा खड्क ब सिँह, प्रेमलाल अधिकारी, सहसचिबमा गोबिन्द प्रसाद खराल तथा कोषाध्यक्षमा बसन्ती खत्री रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बालकृष्ण परियार, बिष्णु जिसी, ईश्वरा सिँह, टुलकी राना, सस बहादुर राना, जुद्ध बहादुर राना, छविलाल बिक, छबिलाल खत्री, मधुृ जिसी, यम बहादुर भण्डारी, बिनोद राज भण्डारी, सरस्वती राना, रेम बहादुर राना, पुर्णकला राना, टोप बहादुर सिँह रहनुभएको छ । कार्यक्रममा अन्य पाटी परित्याग गरी प्रेमलाल अधिकारी, खिमलाल अधिकारी र मुक्तिराम अधिकारी नेपाली काङ्ग्रेसमा प्रबेश गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस बडागाँउ कार्य समितिका सभापति मान गीरीको सभापतित्व रहेको थियो भने क्षेत्रिय सदस्य झबिलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पार्टीलाई अझै शसक्त बनाउँदै अगाडी बढिने बताउनुभयो । सचिब घनश्याम भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन क्षेत्रिय प्रतिनिधि बिष्णुराज भण्डारीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण