प्रहरी चौकी वामीमा समाजसेबी लालमणी सापकोटाले प्रतिक्षालय निर्माण गरिदिने
अनिश शर्मा गैरे
गुल्मी, फाल्गुण २९ गते । प्रहरी चौकी वामीमा प्रतिक्षालयको ठुलो आबश्यकता रहेको भनेर कुरा भइरहँदा एक ब्यक्तिले प्रतिक्षालय निर्माण गरिदिनुहुने भएको छ ।
स्व. श्रीकृष्ण सापकोटाका नाती तथा कलाधर सापकोटाका छोरा हाल काठमाण्डौ निबासी लालमणी सापकोटा तथा गँगा सापकोटाले प्रतिक्षालय निर्माण गरिदिनुहुने भएको हो । प्रतिक्षालय निर्माणको लागी करिब २ लाख लागत लाग्ने बताउँदै समाजसेबी सापकोटाले आफ्ना पिता स्व. कलाधर सापकोटाको स्मृतिमा सोही प्र्रतिक्षालय निर्माण गर्ने बताउनुभएको हो । समाजसेबी सापकोटा हाल काठमाण्डौमा बस्दै आउनुभएको छ भने बिबिध क्षेत्रमा सामाजिक कामहरुमा हात हाल्दै आइरहनुभएको महेन्द्र आदर्श उमाबिका शिक्षक रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
प्रहरी प्रशासन सँग सम्बन्धित कार्यक्रम लगायत अन्य बिबिध कामका लागी चौकी जाँदा बस्ने ठाँउ नभएको भन्दै सबैले एक प्रतिक्षालय हुनुपर्ने बताउँदै आएका थिए ।