यस्तो रह्यो मुसिकोट कृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा (फोटो फिचर)
कमल पौडेल
बाग्लुंग, फाल्गुन २९ । मुसिकोट कृषि सहकारी संस्था लिमिटेड मुसिकोट ७, गुल्मीको तेश्रो वार्षिक साधारण सभा लुगरुङमा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै संचार सहकारी संघ बागलुङका उपाध्यक्ष तथा सारथी संचार सहकारी संस्थाका अध्यक्ष विष्णु भुसालले कृषिको आधुनिकिकरण र व्यावसायीकिकरण वाट मात्रै देश सम्वृद्ध हुन सक्ने भन्दै सहकारीले मात्रै सो कार्य पुरा गर्ने वताउनु भएको छ।
भुसालले युवाहरु सचेतताको वाहक भएको भन्दै युवा जागरण वाट कृषि क्रान्ति उठ्न सक्ने वताउनु भएको छ।
कार्यक्रममा त्रिभुवन उमावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, प्रवन्धक दुर्गा अर्याल, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
द्यष्कजलग एचबकबम प्जबचबकिार्यक्रममा अध्यक्ष लिलाधर घिमिरेले भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश नेपालीले ३ लाख ९ हजार ४ सय ७५ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष लिलाधर घिमिरेको अध्यक्षता, सदस्य सागर नेपालीको स्वागत मन्तव्य तथा सचिव वुद्धिवल चालिसेको संचालनमा सम्पन्न भएको थियो ।