थारु सभासदले मस्यौदा च्याते
काठमाडौं–थारु बाहुल्य कैलाली कंचनपुरलाई पहाडमा मिसाएको भन्दै विभिन्न दलका थारु सभासदले मस्यौदा च्यातेर सांकेतिक विरोध गरेका छन् ।
आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, एमाओवादीका केही थारुसभासदले संविधानको मस्यौदा च्यातेर बैठक बहिष्कार गरेका हुन् ।
थरुहट तराई पार्टीका संसदीय दलका नेता गोपाल दहितका अनुसार चार दलबीच सीमाकंनसहितको ६ प्रदेश बनाउने तथा प्रदेशको सीमाकंनप्रति आपत्ति थारु सभसादले विरोध जनाएका हुन् । ‘स्वायत्त थरुहट प्रदेश’ थरुहट आयोगलगायतका हााम्रा माग समेटिएका छैनन्,’ दहितले भने,’चार दलले षड्यन्त्रपूर्वक थारु बाहुल्य क्षेत्र कैलाली र कंचनपुरलाई अलग गरेका छन्। त्यसको हामीले विरोध गरेका छौं।’