गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यअर्घाखाँचीको बल्कोटमा एउटा गाईले ८ वर्ष देखि निरन्तर दूध दिदै, गाईलाई हेर्न स्थानियहरुको भिड

अर्घाखाँचीको बल्कोटमा एउटा गाईले ८ वर्ष देखि निरन्तर दूध दिदै, गाईलाई हेर्न स्थानियहरुको भिड

March 13, 2016२८६ पटक

अर्घाखाँची, फाल्गुण ३० गते । एउटा गाई ब्याएको कति वर्षसम्म दूध दिन्छ ? एकदेखि दुई वर्षसम्म सजिलै पाइने जवाफ हो । तर, अर्घाखाँची जिल्लाको बल्कोटमा एउटा गाई ब्याएको ८ वर्षसम्म् पनि निरन्तर दूध दिइरहेको छ ।
बल्कोट गाबिस वार्ड नम्बर २ जोरपोखराका लाल बहादुर पन्थीको १३, १४ वर्ष उमेरको काली नामको गाईले ८ वर्षदेखि निरन्तर दूध दिइरहेको हो । ८ वषैदेखि ब्याएको पनि छैन, दूध पनि निरन्तर दिइरहेको छु, गाईले बिहान बेलुका नै दूध दिइरहेको र दूध दिदै आएको स्थानिय केशव पन्थीले जानकारी दिएका छन । जर्सी जातको यो गाईले बिहानसाँझ २ २  लिटर नियमित दुध दिने गरेको छ । पन्थीले भन्नुभयो “काली गाईले केटाकेटी गए पनि सजिलै दुहुन दिन्छ, गाईको दूध अरु गाईको भन्दा बाक्लो छ” । लाल बहादुर पन्थीले शुरुमा काली गाईलाई बल्कोटको गाउँ मै किनेका थिए ।
काली गाईलाई हेर्न स्थानियहरुको भिड लाग्ने गरेको छ । मानिसहरु आशर्य मान्दै यस्तो गाई हुन्छ भनेर त आफुहरुले नसुनेको बताउछन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण