गृहपृष्ठ » समाचारहरु‘फेरि सिफारिस गरे प्रक्रिया अघि बढ्छ सभामुख घर्ति

‘फेरि सिफारिस गरे प्रक्रिया अघि बढ्छ सभामुख घर्ति

March 14, 2016९० पटक

चैत्र १ । सभामुख ओनसरी घर्तीले सर्वोच्च अदालतमा ११ न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिस आफूले अस्वीकार वा रद्द नगरेको बताएकी छन् । उनले न्यायपरिषद्ले पुनस् सिफारिस गरे प्रक्रिया अघि बढाउने जनाएकी छन् । ‘संसद् नियमावलीको अभावमा सुनुवाइ समिति गठन हुन नसकेको अवस्थामा मैले व्यावहारिक हिसाबले सिफारिस फिर्ता गरेकी हुँ,’ उनले भनिन्, ‘परिषद्को सिफारिस अस्वीकार वा रद्द गरेको होइन । मलाई त्यो अधिकार छैन । तर समिति नभएका कारण सुनुवाइ हुन नसक्ने अवस्था साँचो हो ।’
संसद् नियमावली र सुनुवाइ समिति नबनेको कारण देखाउँदै परिषद्को सिफारिस फिर्ता पठाएपछि उत्पन्न विवादबारे आइतबार पहिलोपटक प्रतिक्रिया दिँदै सभामुख घर्तीले ‘व्यावहारिक जटिलतालाई ठूलो विषय नबनाउन’ आग्रह गरिन् । उनले आइतबारै न्यायपरिषद् सदस्य कानुनमन्त्री अग्नि खरेलसँग छलफल गरेकी थिइन् ।download

सुनुवाइ समितिको अभावमा परिषद्द्वारा प्रस्तावित न्यायाधीशको सूचीमाथि सुनुवाइ नभई थन्किने अवस्थामा त्यसलाई परिषद्मै फर्काउने प्रशासनिक कार्य मात्रै आफूले गरेको उनले बताइन् । ‘तत्कालै सुनुवाइ हुन नसक्ने व्यावहारिक जटिलताका कारण यहाँ थन्किने सिफारिस परिषद्मै पठाइएको हो,’ उनले भनिन्, ‘परिषद्ले पुनस् सिफारिस गर्छ भने संसद् प्रक्रियामा अघि बढाउनुपर्छ । नियमावली र सुनुवाइ समिति छिटो बनाएर सुनुवाइ गर्नुपर्छ ।’
परिषद्को सिफारिस फिर्ता पठाउने कार्यको बचाउ गर्दै सभामुख घर्तीले न्यायपालिकासँग द्वन्द्वको अवस्था सिर्जना हुन नदिन पहल गर्ने बताइन् । ‘संसद् आफंैमा स्वायत्त निकाय हो, सुनुवाइ समिति नभएका बेला उसले गर्नुपर्ने कार्यका लागि आएको सिफारिसप्रति जवाफदेही
संसद्को सर्वोच्च अधिकारी नभए अरू को हुन्छ रु’ उनले भनिन्, ‘हाम्रो काम अब यसमा विवाद गर्नु होइन, समाधान गर्नु हो ।’ स्रोतका अनुसार सभामुख घर्ती र कानुनमन्त्री खरेलबीच ‘विवाद नचर्काउने’ भद्र सहमतिसमेत भएको छ । नियमावली र सुनुवाइ समिति बनाउने काम संसद्कै भएको उल्लेख गर्दै सभामुख घर्तीले यसमा भइरहेको अनावश्यक ढिलाइले आफूहरूलाई लज्जित बनाएको बताइन् । ‘नियमावली मस्यौदा समितिमा त्यतिका दिग्गज व्यक्तित्व हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरूले त्यसलाई किन नटुंग्याउनु भएको हो, लाजै भएको छ ।’
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण