गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यमोर्चाका कार्यकर्ताको आक्रमणबाट सुरक्षाकर्मीले बचाए प्रचण्डलाई

मोर्चाका कार्यकर्ताको आक्रमणबाट सुरक्षाकर्मीले बचाए प्रचण्डलाई

March 15, 2016२९० पटक

चैत्र २ गते । जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुसिरहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।download
मोर्चाका नेताहरुद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको छ । प्रचण्ड मधेस विराधी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको हो ।
जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजी गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनुसार प्रमुख अतिथिमाथि कुर्सी फल्न लाग्दा सुरक्षार्कीहरुले घेरा हालेर बचाएको बताए । प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद् हुन् ।आजको समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण